यो वर्ष विपदका घटनामा ३४६ को मृत्यु



बाढी, पहिरो र चट्याङका घटनामा परी वैशाख १ गतेयता ३४६ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद घटनामा ३४६ जनाले ज्यान गुमाएका हुन ।

प्रधिकरणका अनुसार ८५ जना बेपत्ता भएका छन् भने विपद्को घटनाबाट ३९७ जना घाइते भएका छन् ।

त्यस्तै २०७७ वैशाख १ गतेदेखि भदौ २४ गतेसम्म पहिरोका घटनामा परी २५० जनाले ज्यान गुमाएका छन् । पहिरोमा परी ४९ जना बेपत्ता छन् भने १९१ जना घाइते भएका छन् ।

बाढीमा परी हालसम्म ३९ जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता भएका छन् । बाढीका घटनामा हालसम्म ११ जना घाइते भएका छन् ।

यसैगरी चट्याङ लागेर ५७ जनाको मृत्यु भएको छ भने १९५ जना घाइते भएका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics