कोरोना संक्रमितको निःशुल्क उपचारका लागि मन्त्रिपरिषद्‍मा प्रस्ताव लैजाँदै



कोरोना संक्रमितको निःशुल्क उपचारका लागि स्वास्थ तथा जनसंख्या मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लैजाने भएको छ । कोरोना संक्रमितका उपचार निःशुल्क गर्न भन्ने परमादेश पुनरावलोकन गर्न मन्त्रालयले दिएको निवेदन सर्वच्च अदालतबाट अस्वीकृत भएसंगै सरकारले सोहीअनुरुप निर्णय सच्चाउन लागेको हो ।

कोरोना संक्रमितको निःशुल्क उपचार गर्न भन्नै आदेश सच्याउन भनेर सर्वच्चमा निवेदन दिएको भएपनि उक्त निवेदन अस्वीकृत भएको भन्नै खबर आएको छ । त्यसको पत्र प्राप्त भएपछि सर्वेच्च अदालतको निणर्यअनुसारनै मन्त्रिपरिषदले यसअघि गरेको निणर्य मिलाउन प्रस्ताव लैजाने तयारीमा रहेको छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics