‘यो वर्ष विगतभन्दा बढी बाढी पहिरो’









काठमाडौं : यो वर्ष मनसुनको समयमा नेपालमा मनसुनजन्य विपद् खासगरी बाढी पहिरो बाट १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । गत वर्षको भन्दा बढी पानी पर्ने प्रक्षेपण हुँदा ठूलो क्षती हुन सक्ने अनुमान मौसमविद्हरुले गरेका छन् ।






मौसमविद्हरुले यो चुनौती नेपालका लागि ठूलो समस्या हुन सक्ने चेतावनी पनि दिएका छन् । जल तथा मौसम विज्ञान विभागले यसअघि नै मुलुकमा मनसुनमा सरदरभन्दा बढी पानी पर्ने अनुमान गरिसकेको छ । यो वर्ष विपद्का कारण ठूलो जनधनको क्षती हुनसक्ने चेतावनी पनि मौसमविद्हरुले दिएका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसपालि मनसुनमा १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरेको छ । प्राधिकरणका सिनियर डिभिजनल हाइड्रोलोजिष्ट राजेन्द्र शर्माले बाढीबाट १७ लाख र पहिरोबाट एक लाख २० हजार प्रभावित हुने अनुमान गरेको जानकारी दिए ।

सरदर मात्रै पानी पर्ने अनुमान गरिएको गत वर्ष मनसुनजन्य विपद्बाट झण्डै ४०० मानिसको मृत्यु भएको थियो । एक हजार १०० बढी परिवार प्रत्यक्ष प्रभावित भएका थिए । मनसुनको सुरुवातसंगै सिन्धुपाल्चोकमा बाढीले वितण्डा मच्चाइसकेको छ । यस्ता घटना देशका अन्य ठाउँमा पनि हुनसक्ने भन्दै विज्ञहरुले सचेत हुन आग्रह गरेका छन् ।





















नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics