अवैधानिक क्रसर उद्योग बन्द गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन
A+ A-- नेचर खबर
- पुष २०, २०७९
गृह मन्त्रालयले अवैधानिक क्रसर उद्योग बन्द गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
दर्ता नगरी तथा नवीकरण नभएका, अनुमति नलिई सञ्चालनमा रहेका ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खनन्, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगलाई तत्काल बन्द गर्न मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई वुधबार परिपत्र गरेकाे हाे ।
विभिन्न आयोजना, विकास तथा निर्माणको क्रममा सोही आयोजनाको लागि आवश्यक परिणाममा ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खननको अनुमति प्राप्त उद्योग, निर्माण व्यावसायीले आयोजना समाप्त भएपछि छानविन गरी तत्काल बन्द गर्न गृहले निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस