साइकल र ठेला ब्यापारीलाई निशेधको विरोध

तस्वीर: मनिष पाैडेल


काठमाण्डौ महानगरपालिकाले फुटपाथमा साइकल तथा ठेला गाडा ब्यापारीलाई ब्यवसायमा निशेधको विरोध गरेको छ । साइकल तथा ठेला गाडा जस्ता वातावरण मैत्रि सवारीसाधनको प्रोत्साहन योग्य रहेकोले व्यवस्थापनमा ध्यान दिन सरकरको ध्यानाकर्षणका लागि क्लिन एयर नेटवर्क नेपालले विरोध गरेको हो।

प्रेस विज्ञप्ती जारी गर्दै नेटवर्कले महानगरको निर्णयको विरोध गरेको हो । काठमाण्डौ महानगरपालिकाले पुष २६ गते एक सूचना प्रकाशित गरि फुटपाथमा साइकल तथा ठेला गाडा प्रयोग गरि ब्यवसाय गर्दै आएकालाई प्रतिवन्ध लगाउने निर्णय गरेको थियो ।

सो निर्णयले विपन्न नागरिकको दैनिकीमा नकरात्मक प्रभाव पार्ने भन्दै नेटवर्कले त्यस्ता ब्यापारीलाई निशेधको सट्टा ब्यवस्थित गर्न माग गरेको हो ।

उपत्यकामा वायु प्रदुषण बढ्दै गइरहेको अवस्थामा साइकल तथा ठेला गाडा जस्ता वातावरणमैत्री साधनलाई प्रोत्साहन गर्नुको सट्टा झनै प्रतिवन्ध लगाउने महानगरको निर्णय रहेको भन्दै नेटवर्कले गल्ति सच्याउदै ब्यवस्थापनको माग गरेको छ ।

सडक पेटिकामा सबैको सहज पहुँच रहने बताउदै नेटवर्कले त्यस्ता ब्यवसायीलाई समेत समाजको अभिन्न अंग मानेर समस्या समाधानमा ध्यानु दिनु उचित ब्यवस्थित गर्न माग छ ।

लेखकको बारेमा
नेचर खबर

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics