हिमपातले सेताम्वे पश्चिमी क्षेत्र (फोटो कथा)

कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा परेको हिमपातले जनजीवन कष्टकर बनेको छ । कर्णाली प्रदेशको माथिल्लो क्षेत्रमा पर्ने कालीकोटको अग्लो भाग, जुम्ला, मुगु, हुम्ला र डोल्पामा भारी हिमपात भएको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशका बझाङ, बैतडी, र बाजुरामा पनि हिमपात भएको छ । हिमपातका कारण त्यहाँका स्थानीयको जनजीवन कष्टकर बन्दै गएको स्थानीयले जानकारी दिएका छन् ।

जुम्लाको चन्दननाथ नगरपालिका ४ का स्थानीयको घरको छतमा परेको हिउँ । जुम्लामा हिमपातपछि अत्यधिक जाडो बढ्नुका साथै जनजीवनमा समस्या परेको स्थानीय बताउँछन् ।


जुम्लाको चन्दननाथ नगरपालिका– ५ का बालबालिका हिउँमा रमाउँदै । हिउँ परेर हिउँदे बालीलाई राहत भएको स्थानीयवासी बताउँछन् ।


हिउँ परेपछि देखिएको जुम्ला सदरमुकाम खलङगा बजार


जुम्लामा हिमपातका कारण यातायातको सवारी साधनलाई आवतजावतमा समस्या ।


जुम्लाको चन्दननाथ नगरपालिका–५ मा मङ्गलबार परेको हिउँ अवलोकन गर्दै बालिका । हिमपात भएकाले यहाँको जनजीवन कष्टकर बनेको छ ।


छायानाथ रारा नगरपालिका–१, छत्यालबाडामा हिउँले सेताम्य बनाएको बस्ती ।


जुम्लाको चन्दननाथ नगरपालिका–५ स्थित कालेखोलीमा हिउँमा खेल्दै बालबालिका ।


मुगुमा मङ्गलबार बिहानदेखि हिउँ पर्न सुरु । हिमपातले यहाँको जनजीवन कष्टकर भएपनि खेतीपाती सप्रिने भयो भन्दै किसान खुसी भएका हुन् ।


हिमपातले अवरुद्ध भएको डोल्पाको जुफालस्थित विमानस्थल । हिमपात भएका कारण नेपालगन्ज जाने र डोल्पा आउने सबै उडान आज ठप्प भएको छ ।


हिमपात भएपछि सेताम्मे भएको डोल्पाको ठूलीभेरी नगरपालिकाको जुफालस्थित आसपास क्षेत्र ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics