कुन कुन प्रदेशमा छ वर्षा र हिमपातको सम्भावना



काठमाडौँ - नेपालमा अहिले कुनै उल्लेखनीय मौसम प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । तराईका भू-भागहरूमा हुस्सु लागेको छ ।

दिउँसो प्रदेश-१ र गण्डकी प्रदेशका भू-भागहरूमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । यो क्रम राति पनि जारी रहने छ ।

तराईका भू-भागहरूमा बिहानीपख लागेको हुस्सुले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics