फ्लाइ दुबई सुरक्षित रुपमा गन्तव्यतर्फ जाँदैछ -पर्यटनमन्त्री किराती



त्रिभुवन विमानस्थलबाट उडेको फ्लाइ दुबईको जहाज सुरक्षित रुपमा गन्तव्यतर्फ गएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बताएका छन्

उनले अब चिन्ता लिनपर्ने अवस्था नरहेको बताएका छन् । ‘फ्लाई दुवई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ । कसैले पनि चिन्ता नगर्न आग्रह गरेका छन्।

बिमानस्थल स्रोतका अनुसार जहाज नेपालगञ्जकाे आकाशबाट केहीबेरअघि गन्तव्यतर्फ उडान गरिरहेकाे छ ।

काठमाण्डौबाट उडेको केहिवेरमै इञ्जिन फेल भएर ठूलो आवाजसहित आगलागी समेत भएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics