सरकारको नीति तथा कार्यक्रम- नयाँ हिमाल आरोहणका लागि अब खुल्ला गरिने



काठमाडौं - सरकारले आरोहणका लागि नयाँ हिमाल खुल्ला गरिने घोषणा गरेको छ । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमाआगामी आर्थिक वर्ष २०८०र ०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले यस्तो घोषणा गरेका हुन् ।

आन्तरिक तथा बाह्य पर्यटनका लागि सधैका लागि र सबैका लागि नेपाल भन्ने अवधारणालाई अघि सार्दै अन्तर्राष्ट्रिय समुदायमा पनि सोही किसिमको ब्राण्डिङ गर्ने र नयाँ हिमाललाई पनि आरोहणका लागि खुल्ला गरिने पौडेलले बताए ।

उनले हरेक प्रदेशमा एक सांस्कृतिक पर्यटकीय स्थानको पनि विकास गरिने पनि बताएका छन् । यस्तैगरी पर्यटकहरुको सुरक्षा , आरोहीहरुको उद्दारकार्य लगायतलाई पनि थप परिकृस्त गरिने बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics