यार्सागुम्बा संकलनको लागि मुगुमा वन प्रवेश खुल्ला
A+ A-- नेचर खबर
- जेठ ०६, २०८०
मुगु जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुमकार्मरोङ गाउँपालिकाको विभिन्न वन क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलनको लागि शुक्रबारदेखि वन प्रवेश खुल्ला गरिएको छ ।
यार्सागुम्बा संकलनका लागि जिल्लावासी र जिल्ला बाहिरबाट आउने सर्वसाधारणका लागि वन प्रवेश खुल्ला गरिएको हो ।
यार्सागुम्बा संकलन अवधिभर त्यस क्षेत्रको सुरक्षा कडा पारिएको छ । यार्सा संकलकहरु आउने क्रम जारी रहेकोले आजसम्म कति जनाले यार्सा संकलनका लागि पन क्षेत्रमा जान रसिद काटे,कति राजश्व संकलन भयो भन्ने हिसाब गर्न बाँकी रहेको मुगमकामारोङ्ग गाँउपालिकाका अध्यक्ष छिरीङ्ग क्याप्र्ने लामाले बताए ।
बहुमूल्य जडीबुटी यार्सा संकलन गर्नको लागि आउने सबै नागरिकहरुलाई सुरक्षा व्यवस्थापन, स्वास्थ्यमा आउने समस्यालाई मध्यनजर गर्दै औषधिसहित स्वास्थ्यकर्मीको टोलीको व्यवस्था गरिएको अध्यक्ष लामाले बताए ।
प्रतिक्रिया दिनुहोस