सगरमाथा चढ्नेको संख्या इतिहासमै धेरै,करिब १ हजारले लिए अनुमति
- नेचर खबर

सगरमाथा आरोहण गर्न हालसम्मकै धेरै आरोहीले अनुमति लिएका छन् । २८ अप्रिलसम्म सगरमाथा आरोहण गर्न ४३ टिमबाट चार सय ६६ आरोहीले अनुमति लिएको पर्यटन विभागले जनाएको छ । यो संख्या सगरमाथा आरोहणको ७० वर्षे इतिहासमै सबैभन्दा धेरै हो । २९ मे १९५३ मा नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका एडमन्ड हिलारीले पहिलोपटक सगरमाथाको शिखरमा पाइला टेकेका थिए ।
हिमाल आरोहणमा देखिएको आकर्षणले कोभिड महामारीपछि हिमाली पर्यटन पुनः लयमा फर्किएको देखाउँछ । यस सिजनमा सगरमाथासहित २४ हिमाल आरोहणका लागि ८० देशका एक हजार ७९ जना आरोहीले अनुमति लिएका छन् । अझै हिमाल आरोहणका लागि अनुमति लिने क्रम जारी नै रहेको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस