अवरुद्ध रहेको फिदिम-ताप्लेजुङ सडक खण्ड १० दिनपछि खुलाइयो



पाँचथर - बाढीले हेवा खोला पुल बगाएपछि असार ३ गतेदेखि अवरुद्व भएको मेची राजमार्गको फिदिम ताप्लेजुङ सडकखण्ड मंगलबार देखि पुन: संचालनमा आएको छ ।

मेची राजमार्ग अन्तर्गत फिदिम ४ र हिलिहाङ ७ लाई जोड्ने हेवा खोलाको पुल असार २ गते राति आएको बाढीले बगाएपछि १० दिनयता अवरुद्ध थियो ।हृयुम पाइप राखेर खोला डाइभर्सन गर्दै मंगलबार यो सडक खुलाइएको हो । डाइभर्सन गर्ने काम सकिएसँगै मंगलबार अपराह्न २ बजेपछि यातायात र ढुवानीका साधन ओहोर दोहार गर्न थालेका हुन् ।

सहज आवगमन भए संगै ताप्लेजुङ्ग र पाँचथर का नागरिकका लागि राहत भएको छ। बाढिका कारण लामो समय रोकिएका सवारीसाधन निर्वाध रुपमा सुचारु भएको जिल्ला प्रहरी पाँचथरका प्रमुख डिएसपी हरी खतिवडाले बताएका छन्।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics