नौ वर्षमा ५१ हजार एक सय ६२ जनालाई सर्पले डस्यो



नेपालमा सर्पदंशको अवस्था भयावह नै छ । स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएअनुसार विगत नौ वर्षमा ५१ हजार एक सय ६२ जनालाई सर्पले टोकेर घाइते बनाएको छ । महाशाखाकी पशु चिकित्सक डा. रोशिका श्रेष्ठका अनुसार नौ वर्षमा सर्पदंशका कूल बिरामीमध्ये सात हजार पाँच सय एकजना विषालु सर्पको डसाइमा परेका थिए । बाँकी ४३ हजार ६ सय ६१ जना विष नभएका सर्पले डसेर उपचारका लागि स्वास्थ्य केन्द्रमा आइपुगेका थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics