नागरिक लगानी कोषको सञ्चालकमा खत्री निर्विरोध निर्वाचित



नागरिक लगानी कोषको आइतबार सम्पन्न २८ औँ वार्षिक साधारण सभाबाट सञ्चालक पदका लागि सुरेशप्रसाद खत्री निर्विरोध निर्वाचित भएका छन् ।

५२ अर्ब भन्दा बढी जीवन बीमाकोष रहेको देशकै ठुलो जीवन बीमा कम्पनी मध्येको एक नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि. का प्रमुख कार्यकारी अधिकृत समेत रहेका खत्री बैंक तथा वित्तीय संस्थाहरूको तर्फबाट तीन वर्षका लागि सञ्चालकमा निर्वाचित भएको कोषले जानकारी दिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics