लक्ष्मी सनराईज बैंकको अध्यक्षमा नेपाल नियुक्त



लक्ष्मी सनराइज बैंकको अध्यक्षमा रमण नेपाल चयन भएका छन् । कम्पनीको यही असार २९ गते बसेको २७८ औं सञ्चालक समितिको बैठकले नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको हो । अध्यक्ष नेपाल साविक लक्ष्मी बैंकको अध्यक्ष समेत थिए ।

साथै, लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अजय बहादुर शाहलाई नियुक्त भएका छन् । शाह साविकको लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् ।

लक्ष्मी सनराईज बैंक लक्ष्मी बैंक र सनराईज बैंक गाभिएर बनेको बैंक हो । यी दुई बैंकले गत साताको शुक्रबारदेखि आफ्नो एकीकृत कारोबार सुरु गरेका थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics