सांग्रिला डेभलपमेन्ट बैंकद्धारा महिला आदर्श सेवा केन्द्रलाई आर्थिक सहयोग



सांग्रिला डेभलपमेन्ट बैंकले समय समयमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत महिला आदर्श सेवा केन्द्रलाई आर्थिक सहयोग गरेको छ । केन्द्र नेपाली महिलाहरूमा चेतना जगाउने र आत्मनिर्भरताको विकास गर्ने उद्देश्यले वि.सं. २०४० मा स्थापना भएको संस्था हो । सो संस्थाले महिला वर्गलाई विभिन्न सीपमूलक तालिम पनि प्रदान गर्दै आइरहेको छ । अहिले संस्थाले आफ्नै भवन निर्माण गरिरहेको क्रममा सो निर्माणमा सघाउन सांग्रिला डेभलपमेन्ट बैंकले केही आर्थिक सहयोग उपलब्ध गराएको हो । केन्द्रलाई बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले चेक हस्तान्तरण गरेका थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics