माछापुच्छ्रे बैंकले भित्र्याएको क्यूआरमा भ्वाइस बक्स प्रविधि नेपालमै पहिलो



डिजिटल बैंकिङ्गमा आक्रामक बन्दै ग्राहकलाई सरल र सहज सेवा प्रदान गरिरहेको माछापुच्छ्रे बैंक लिमिटेडले नेपालमा पहिलो पल्ट क्युआर प्रणालीमा भ्वाइस बक्स प्रविधिको शुभारम्भ गरेको छ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभाग लगायत यस बैंकका अन्य केही स्थानहरुबाट यो सेवा शुभारम्भ गरिएको हो । यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक लिमिटेड नेपालमै पहिलो बैंक भएको छ ।

गत शुक्रबारदेखि क्युआरमा भ्वाइस बक्स जडान गरि माछापुच्छ्रे बैंकले यो नविनतम प्रविधिको सुरुवात गरेको हो । अब माछापुच्छ्रे बैंकका क्युआर मर्चेन्टहरुले क्युआरमार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी एसएमएस सँगसँगै ध्वनि मार्फत हुने जानकारी दिनेछ । जसले गर्दा सेवाग्राही तथा मर्चेन्टहरुमाझ क्युआरप्रति लोकप्रियता एवम् विश्वसनीयता अझ बढ्ने अपेक्षा बैकको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics