इकोविट बिजुली स्कुटर किन्न चाहनेलाई माछापुच्छ्रे बैंकले शून्य प्रतिशत ब्याजदरमा ऋण दिने



इकोविट ब्राण्डका विद्युतीय स्कुटर खरिद गर्दा माछापुछ्रे बैंक लिमिटेडले क्रेडिट कार्डमार्फत कर्जा सुविधा उपलब्ध गराउने भएको छ ।

एक कार्यक्रमकाबीच इकोविट नेपाल र माछापुछ्रे बैंक लिमिटेडबीच उक्त सम्झौता भएको हो । सम्झौता पत्रमा माछापुछ्रे बैंकको केन्द्रिय कार्यालयमा बैंकका डिजिटल बैंकिङ्गका डेपुटी चीफ उज्ज्वल पाण्डे र इकोविट नेपालका प्रबन्ध निर्देशक हारुन खानले हस्ताक्षर गरे ।

सम्झौतापत्रमा इकोविट ब्राण्डका विद्युतीय स्कुटर खरिद गर्दा ग्राहकले आफ्नो आम्दानी खुल्ने कागजात उपलब्ध गराएको बढीमा ५ दिनभित्रमा स्कुटर लैजान पाउने छन् ।

कम्पनीकाअनुसार क्रेडिट कार्डमार्फत ६ महिनादेखि १८ महिनासम्मको सुविधा उपलब्ध गराइनेछ, जसमा ग्राहकले शुन्य प्रतिशतको व्याजदरमा उक्त कर्जा प्राप्त गर्नेछन् ।

हाल इकोविट विद्युतीय स्कुटर खरिदमा मनसुन अफर समेत सञ्चालनमा रहेको छ । साथै एक्स्चेन्जको सुविधा समेत उपलब्ध रहेको छ ।

ग्लोबल सेभेन नामक कम्पनीले इकोबिट नामको इटालियन ब्राण्डको विद्युतीय स्कुटर नेपाली बजारमा विक्रीवितरण गरिरहेकाे छ । पहिलो चरणमा इकोविट ब्राण्डका विभिन्न ४ मोडेलका स्कुटरहरु नेपाली बजारमा उपलब्ध छन्।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics