काठमाडौंका विभिन्न क्षेत्रमा डुबान, हेराैं ४ तस्बिर

काठमाडाैं - अविरल वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्रमा डुबान भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण यहाँका विभिन्न क्षेत्रमा डुबान हुनुका साथै जलमग्न भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । हेराैं केही तस्बिर ।

फोहोर सफा गर्दै : अविरल परेको वर्षासँगै विष्णुमतीमा आएको बाढी काठमाडाँको नयाँबसपार्क क्षेत्रको विष्णुमती करिडोरमा पसेपछि थुप्रेको फोहोर सफा गर्दै । तस्बिर : हरिराम भेटुवाल/रासस


वर्षाका कारण मनोहरा नदीमा आएको बाढीले डुबानमा परेको भक्तपुर मङ्गलतीर्थका सम्पदा । बाढीले हनुमानघाट, चुपिङघाट, राम मन्दिरका सम्पदाहरु डुबानमा परेका छन् । तस्बिर : लक्ष्मी गारु - रासस


सोमबार रातिदेखि भएको अविरल वर्षाका कारण ललितपुरको बालकुमारीस्थित सडकमै बाढी आएपछि चालकलाई सवारी सञ्चालनमा भएको समस्या । तस्बिर : चन्द्रकला क्षेत्री -रासस


सोमबार रातिदेखिको वर्षाका कारण गोकर्णेश्वर नगरपालिका वडा नं २ र ४ मा पर्ने गोकर्ण–सुन्दरीजल सडकमा पानीले आवागमनमा बनाएको समस्या । नगरपालिकालगायत सरोकार भएका निकायले सहीरुपमा ढलको व्यवस्थापन नगर्दा पैदल यात्रीलाई असहज भएको हो । तस्बिर : पूर्णप्रसाद मिश्र - रासस

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics