चितवनमा हात्तीलाई खुवाइयो वनभोज, बर्दियामा सचेतनामुलक कार्यक्रम



काठमाडौं – विश्व हात्ती दिवस आज नेपालसहित विश्वभर मनाइँदैछ । ‘हात्तीहरुलाई मद्दत गर्न संसारलाई सँगै ल्याउने’ भन्ने प्रतिबद्धतासहितको नारा लिएर अगस्ट १२ का दिन आज पनि विश्वभर हात्ती दिवस मनाइएको हो ।

नेपालका हात्ती पाइने निकुञ्जलगायत हात्तीसारहरुमा पनि विभिन्न कार्यक्रम हुँदैछन् । चितवनमा भने हात्तीलाई वनभोज खुवाइएको छ । सौराहा स्थित युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाले बाघमारा मध्यवर्ती सामुदायिक वनको प्रांगणमा वनभोज खुवाइएको हो ।

हात्ती दिवसका अवसरमा हरेक वर्ष हात्तीलाई फलफूल, सखरसहितको भोजन खुवाइने गरिन्छ । सौराहामा निजीस्तरका र सरकारी तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्तीलाई वनभोज खुवाइएको हो । हात्तीलाई पौष्टिक आहारका रूपमा केरा, स्याउ, उखु, खर्बुजा, चना खुवाइएको थियो ।

यस्तै बर्दियाको पर्यटकीय गन्तव्य ठाकुरद्वाराको हात्तीसार नजिक नेपालमा रहेको विश्वकै ठूलो एसियन हात्ती राजागजको सम्झनामा बनाइएको राजागज स्तम्भ अर्थात हात्ती बाध्ने (खमारी) मा विश्व हात्ती दिवस मनाइएको छ । राजागज बर्दियाबाट हराएको छ । हात्तीसारमा रहेका हात्तीहरुलाई फलफूल खुवाउँदै चरा अवलोकन तथा सचेतनात्मक कार्यक्रम गरिएको छ ।

बर्दियामा जंगली हात्तीको संख्या बढेतापनि बासस्थान वृद्धि नहुँदा समस्या पर्ने बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारी बताउँछन्। १ सय २० भन्दा बढी हात्ती यहाँ छन् । ५० वटा जति हात्ती रैथाने छन् उनीहरु बर्दिया छाड्दैनन् । बाँकी हात्ती ३÷४ महिना भारततर्फ बसाई सराई गर्छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics