८९ वर्षीय हात्तीको मृत्यु, जुन विश्वकै बुढो मध्येको एक थियो



काठमाडौं – भारतमा रहेको संसारको सबैभन्दा बुढो हात्ती मध्ये एक हात्तीको मृत्यु भएको छ । भारतीय चिया फार्ममा रहेको करिब ८९ वर्षको हात्ती मरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हात्तीको सही उमेर पुष्टि गर्न सम्भव नभए पनि सन् १९४० को दशकमा औपनिवेशिक शासनकालमा एक ब्रिटिश किसानले चिया बगानमा काम गर्न उक्त हात्ती ल्याएको बताइन्छ ।

घरेलु हात्तीहरूको राम्रो हेरचाह भयो भने ८० वर्षसम्म बाँच्ने हात्ती पशु चिकित्सक कुशल कोंवर सरमाले बताए । ‘उमेरका कारण हात्तीका सबै दाँत झरेकाले खान नसक्ने भएको थियो,’ सरमाले भने, ‘मैले आहार परिवर्तन गरें र हेरचाहकर्ताहरूलाई उसलाई उमालेको खाना दिन आग्रह गरें – प्रायः चामल र उच्च प्रोटिन भएको भटमास दिने गरेकाले यो लामो समय बाँचेको हो ।’

पुरानो चियाका झाडीहरू निकाल्ने र जंगली क्षेत्र सजिलैसँग खाली गर्नका लागि सो हात्तीलाई प्रयोग गरिन्थ्यो । मंगलबार मृत्यु भएको सो हात्तीको फूलमाला ओढाएर हिन्दू विधिअनुसार अन्त्येष्टि गरिएको थियो ।

गिनिज वल्र्ड रेकर्ड्सका अनुसार सन् २००३ मा ताइवानको ताइपेई चिडियाखानामा रहेको ८६ वर्षको उमेरमा सबैभन्दा बुढो हात्तीको मृत्यु भएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics