जलवायु परिवर्तनको प्रभाव कम गर्न जी २० प्रतिबद्ध



नयाँ दिल्ली  : जी २० राष्ट्रहरूले सेप्टेम्बर ९ मा जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनमा महिलाहरूको सहभागिता र नेतृत्व बढाउने र जलवायु परिवर्तनको प्रभावसँग लचिलोपन निर्माण गर्न लैङ्गिक उत्तरदायी समाधानहरूलाई समर्थन गर्ने संकल्प गरेका छन् ।
भारतको राजधानी नयाँ दिल्लीमाा सम्पन्न जी २० सम्मेलन पछि जारी घोषणापत्रले सबै महिलामा र केटीहरूमा जलवायु परिवर्तनको असमान प्रभाव परेको स्वीकार गर्दै लैङ्गिक समानतासहित जलवायुका असर न्यूनीकरणका कामलाइ तीव्रता दिने निर्णय गरेको छ ।

ूयसका लागि हामी जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनमा महिलाहरूको सहभागिता, साझेदारी, निर्णय लिने र नेतृत्वलाई समर्थन र वृद्धिको प्रतिबद्धता व्यक्त गरिएको छ । यसैगरी विपद् जोखिम न्यूनीकरण रणनीतिहरू र वातावरणीय मुद्दाहरूमा नीति ढाँचाहरू, लैङ्गिक उत्तरदायी बनाउने घोषणा गरिएको छ ।
महिला सशक्तिकरण र लैङ्गिक समानता प्रवद्र्धन गर्न महिला सशक्तिकरण सम्बन्धी नयाँ कार्यदल गठन गर्न पनि दस्तावेजमा सहमति भएको छ ।
घोषणाले बढ्दो डिजिटलाइजेसनबाट सामना गर्ने जोखिमहरूमा पनि ध्यान केन्द्रित गरेको छ, र राष्ट्रहरूले डिजिटल उपकरणहरू र प्रविधिहरूमा सुरक्षाका उपाय अपनाउन आग्रह गरेको छ । त्यस्तै महिलाको खाद्य सुरक्षा र पोषणको महत्वपूर्ण मुद्दालाई सम्बोधन गर्न समावेशी, दिगो र लचिलो कृषि र खाद्य प्रणालीमा लगानीलाई प्रोत्साहन गर्ने वाचा पनि गरेको छ।
घोषणाले भोकमरी र कुपोषण अन्त्य गर्न नवीन वित्तिय उपकरणहरू र सामाजिक सुरक्षा प्रणालीहरू प्रयोग गरेर लैङ्गिक उत्तरदायी र उमेर संवेदनशील पोषण र खाद्य प्रणालीमा समेत प्रतिबद्धता जनाएका छ ।

एजेन्सीको सहयोगमा

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics