जलवायु परिवर्तनकाे दुष्प्रभाव : केन्यामा गोही बढे, हजारौं मानिस विस्थापित



काठमाडाैं - नाइरोबीमा अफ्रिका जलवायु सम्मेलन आयोजना हुन लागेकै बेला केन्याको ग्रेट रिफ्ट उपत्यकामा अवस्थित बारिङ्गो तालवरपर बस्ने मानिसहरूले जलवायु परिवर्तनका दुष्प्रभावको विषयमा केन्या सरकारलाई मुद्दा हालेका छन्।

एक दशकको अवधिमा उक्त तालको आकार दुई गुनाले बढेको बताइएको छ। ताल ठूलो हुँदै जाँदा हजारौँ मानिसहरू विस्थापित गरेका छन् र पुस्तौँदेखि उनीहरूले भोगचलन गर्दै आएको जग्गा जलमग्न भएको छ।

स्थानीय बासिन्दाहरूका अनुसार तालमा पानीको तह बढ्दै जाँदा गोहीबाट हुने आक्रमणको सङ्ख्या बढेको छ। कति नागरिकले त गोहीका कारण ज्यान गुमाउनु परेको छ भने केहीले हात खुट्टा नै गुमाउनु परेको गुनासो गरेका छन् । - बीबीसीको सहयोगमा

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics