माछा मार्न गएका महतोको गोहीको आक्रमणबाट मृत्यु

चितवन– चितवनमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

मृत्युहुनेमा पूर्वी चितवनको रत्ननगर नगरपालिका–५ स्थित मगरटोलका ४४ वर्षीय फगुना महतो रहेका छन् । महतो डुङ्गाघाट क्षेत्रमा मृतावस्थामा फेला परेका थिए ।

शनिवार साँझ माछा मार्न जानेक्रममा महतोलाई गोहीले आक्रमण गरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics