‘वन्ली चोकोफन’ नारा सहित चोकोफनको नयाँ विज्ञापन अभियान सुरु

 

काठमाडौँ- सुजल फुड्स प्रालिले  आफ्नो उत्कृष्ट उत्पादन चोकोफनको नयाँ बिज्ञापन अभियान सुरु गरेको छ।‘ओन्ली चोकोफन’ भन्ने सन्देश बोकेको यस विज्ञापन अभियानलाई आकर्षक ढंगले अधिराज्यभर विभिन्न माध्यममार्फत प्रस्तुत गरिएको छ। चोकोफन देशकै पहिलो र ओरिजनल चकलेट वाफेर हो र यसको मिठो स्वाद हरेक बालबालिकाको मनमनमा बसेको छ। विगत दुई दशकभन्दा बढीदेखि आफ्ना हरेक ग्राहक वर्गमा मिठास छर्दै आएको छ।

यस विज्ञापन अभियानमार्फत बालबालिकाका हरेक रमाइला पललाई ओन्ली चोकोफनका साथले मात्र पूर्णता मिल्दछ भन्ने सन्देश दिइएको छ। बालबालिकाको विभिन्न रमाइला पलमा चोकोफनको साथले थप खुसी र आनन्द प्राप्त हुन्छ र यसरी उनीहरुको रामाइलो र खुसीको अभिन्न अंगका रुपमा ओन्ली चोकोफन छ भन्ने अभिप्राय बोकेको यस विज्ञापन अभियानको प्रवर्द्धन टेलिभिजन, रेडियो, डिजिटल मीडिया  तथा सामाजिक सञ्जालमार्फत प्रवाह गरिएको छ।

बालबालिकाले यस विज्ञापनलाई आफ्नो वास्तविक बाल्यकालसँग चित्रण गर्नेछन्। उनीहरुको दैनिकी जीवनमा हुने विभिन्न मीठा पललाई नै समेटेर ओन्ली चोकोफनको टेलिभिजन विज्ञापनमा देखाइएको छ। जुन बालबालिकाको हरेक रमाइला पलहरुलाई चोकोफनको मिठासले पूर्ण तुल्याउँदछ।

विज्ञापनमा बालबालिका एक–अर्कासँग रमाइलो गरिरहेको, चोकोफनको उत्कृष्ट स्वादमा मग्न भएका साथै ओन्ली चोकोफन नै उनीहरुको सफलताको मिठास बनेको पनि प्रस्तुत गरिएको छ।

विगत ४ दशकदेखि उत्कृष्ट कन्फेस्नरी उत्पादन गर्दै आएको आईएसओ २२००००ः२०१८ सर्टिफाइड कम्पनी सुजल फुड्सको लोकप्रिय उत्पादन हो, चोकोफन। अत्याधुनिक मेसिनरी र उच्च स्वास्थ्यकर वातावरणमा सावधानीका साथ चोकोफनको उत्पादन गरिन्छ।  क्रिस्पी र क्रन्ची बाफेरमा उत्कृष्ट चकलेट क्रीमले ढाकिएको चोकोफन गुणस्तरीय हुनुका साथै अत्यन्तै स्वादिष्ट छ।

यस विज्ञापनले सम्पूर्ण ग्राहक र उपभोक्ताको मन जित्न सफल हुनुका साथै सम्पूर्ण बालबालिकाको जीवनमा चोकोफन अभिन्न अंगक रुपमा स्थापित हुने र उनीहरुको चोकोफनप्रतिको माया र प्रेम निरन्तर रहिरहनेमा कम्पनी पूर्णतः विश्वस्त छ।

लेखकको बारेमा
नेचर खबर

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics