एनसेलले ल्यायो अफरै अफर ७ वटा स्कुटर उपहारदेखि १ हजार ग्राहकलाई ब्यालेन्स सम्म

 

एनसेल आजियाटा लिमिटेडले सेवा सञ्चालनको १८ औं वार्षिकोत्सव मनाएको छ । आइतबार कम्पनीले आफ्नो १८ औं वार्षिकोत्सव मनाउँदै ग्राहकहरुका लागि आकर्षक अफर ल्याएको छ । जसमा प्रत्येकले ‘एभी कस्टमर इज अ विनर’ अफरमा सबै ग्राहकले २८ दिनसम्म केही केही सेवा सरप्राइज लोयल्टी गिफ्ट पाउनेछन् । जसका लागि ग्राहकले एण्ट्रिक्स १७११७ ह्यास डायल गर्ने ग्राहकहरूले दैनिक, साप्ताहिक र बम्पर उपहारहरू प्राप्त गर्न योग्य हुनछन् ।

त्यस्तै, दैनिक उपहारमा ग्राहकले एनसेलका सेवाहरू कुनै पनि शुल्क बिना प्राप्त गर्न सक्छन् । प्रत्येक हप्ता एनसेलका १ हजार ग्राहकले १०० रुपैयाँ ब्यालेन्स पाउनेछन् । अफरको अन्त्यमा सात जना भाग्यशाली ग्राहकले ७ वटा स्कुटर पाउनेछन् ।

साप्ताहिक र बम्पर उपहारहरू प्राप्त गर्नका लागि ग्राहकहरूले अफर अवधिभर एनसेल सेवाहरू प्रयोग गरेको हुनुपर्छ । एनसेलको बारेमा रचनात्मक नारा एनसेल एप वा एनसेल वेबसाइटमार्फत एनसेललाई पठाउनु पर्नेछ ।

वार्षिकोत्सव कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एवम प्रबन्ध निर्देशक जाब्बीर कायुमोभले १८ वर्षको यात्राका बारेमा आफ्नो भनाई राख्दै भने, ‘१ करोड ६० लाखभन्दा बढी नेपाली र नेपालको अर्थतन्त्रको अभिन्न अंग बन्न पाएकोमा हामी गर्व गर्छौं । एनसेल सधै नेपाल र नेपालीलाई गुणस्तरीय सेवाले जोड्न प्रतिबद्ध छ । अब हामी देशको दूरसञ्चार आवश्यकता र प्रविधि विकासलाई सम्बोधन गर्न अझै जिम्मेवार बनेका छौ । हामी तपाईकै लागि हो र धेरै वर्ष निरन्तर यात्राका लागि प्रतिवद्ध हो ।’

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics