अब आइएमई पे एपबाट धरान खानेपानी बोर्डको डिजिटल भुक्तानी गर्न सकिने

नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’मार्फत धरान खानेपानी बोर्डको बिल भुक्तानी सजिलै गर्न सकिने भएको छ ।धरानवासीलाई खानेपानीको बिल भुक्तानी डिजिटल माध्यमबाट गर्न सकिने सुविधा आइएमई पे ले यही भदौ महिनाबाट सन्चालनमा ल्याएको हो ।

यसका साथै, आइएमई पेको ‘किन लाइन बस्ने, मोबाइलबाटै तिर्ने’ अफर मार्फत आइएमई पेका सेवाग्राहीले खानेपानीको बिल भुक्तानी गर्ने क्रममा प्रोमो कोड “ध्ब्त्भ्च्” प्रयोग गरि रु। १०० सम्म छुट पनि प्राप्त गर्न सक्नेछन् । सो सुविधाले धरानवासीलाई लामो लाम बस्न पर्ने झन्झटबाट मुक्त गराई उपमहानगरलाई डिजिटलाइजेसनमा जान सहायता पुर्याउने आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले जनाएका छन् ।

‘आइएमई पे' ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास–लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको छ ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ’आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो। नेपाल राष्ट्र बैङ्कको भुक्तानी तथा फर्छ्यौट विनियमावली- २०७२ बमोजिम छ । आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो।

आइएमई पे मोबाइल वालेट मार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरूको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन्।

लेखकको बारेमा
नेचर खबर

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics