अब विश्वमा बाघको संख्या ५,५७४

काठमाडौं – विश्वमा बाघको संख्या ५ हजार ५७४ पुगेको छ । बाघमा लगानी गर्ने र निगरानी गर्ने तरिकामा उल्लेखनीय प्रगति भएका कारण बाघको सख्या बढेको ग्लोबल टाइगर फोरमले जनाएको छ ।

फोरमको एक तथ्यांक अनुसार सन् २०१० यता बाघको संख्या लगभग ७४ प्रतिशतले बृद्धि भएको हो । २०१० मा लगभग ३ हजार २०० मात्र रहेको बाघको संख्या बढ्नुको कारण संरक्षणमा प्रभावकारी रणनीति नै भएको बताइन्छ ।

विश्वका बाघ पाइने १३ देशमा गरिएको अध्ययन अनुसार उक्त तथ्यांक सार्वजनिक गरिएको हो । डब्लुडब्लुएफ लगायत संरक्षण साझेदारहरूको सहयोगमा सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर गर्ने विश्वव्यापी लक्ष्य राखिएको थियो ।

यसलाई एक दुर्लभ र रोमाञ्चक संरक्षण उपलब्धि मानिएको छ । किनकि नयाँ अनुमानले बाघको संख्यालाई बाघको संख्या दोब्बर बनाउने साझा लक्ष्यको नजिक पु¥याएको छ । पछिल्लो १२ वर्षमा भुटान, चीन, भारत, नेपाल र रसियामा बाघको संख्या बढेको छ ।

प्रभावकारी रणनीति र महान समर्पणका कारण केही क्षेत्रमा बाघको संख्या बढ्दै गएपछि अधिकांश क्षेत्रमा बाघको दायरा र बासस्थान घट्दै गएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics