डिजिटल वालेट ‘नमस्ते पे’का नयाँ प्रयोगकर्ताले ५० रूपैयाँ पाउने
- नेचर खबर
काठमाडौं - डिजिटल वालेट नमस्ते पे एप डाउनलोड गरी पूर्ण केवाईसी दर्ता गर्ने नयाँ प्रयोगकर्ताहरूले ५० रुपैयाँ पाउने भएका छन् । चाडपर्वलाई लक्षित गर्दै नमस्ते पेले यस्तो अभियान अभियान सुरु गरेको हो ।
असोज १ गतेदेखि असोज १५ सम्म लागू हुने अभियान अन्तर्गत नमस्ते पे एप डाउनलोड गरी केवाईसी दर्ता गर्ने नयाँ प्रयोगकर्ताले तुरुन्तै आफ्नो मुख्य वालेटमा ५० रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रयोगकर्ताहरूले कुनै पनि कारोबारमा यो पुरस्कृत रकम प्रयोग गर्न सक्नेछन् । प्रयोगकर्ताहरूले मूल कागजातहरूको फोटो अपलोड गरेर केवाईसी प्रमाणित गर्नुपर्नेछ । कागजातहरू नागरिकता, राहदानी, लाइसेन्स र मतदान कार्ड मध्ये कुनै एक हुनु पर्नेछ ।
प्रतिक्रिया दिनुहोस