एनआईसी एशिया बैंकले प्रस्तावित लाभांश पारित गर्न बोलायो साधारणसभा
- नेचर खबर
काठमाडौं - एनआईसी एशिया बैंकले २६औं वार्षिक साधारण सभा असोज २८ गते गर्ने निर्णय गरेको छ । सभा काठमाडौंको भद्रकालीको आर्मी अफिसर्स क्लब बिहान ९ बजेबाट सुरु हुने जनाएको छ । बैंक सञ्चालक समितिको शुक्रवार बसेको बैठकले वार्षिक साधारण सभाको मिति तय गरेको हो ।
सभाले २९ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि १ दशलमव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकले गत आर्थिक वर्षको नाफा, नोक्सान, हिसाव नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले असोज १६ गते देखि २८ गते सम्म बुक क्लोज गर्ने जनाएएको छ । यसको आधारमा असोज १५ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
प्रतिक्रिया दिनुहोस