‘पुष्पा र अञ्जली’ ले छाडे चितवन, ट्रकमा राखेर लगियो कोसी टप्पु

चितवन – हुर्कँदै गरेका गैंडाका बच्चा ‘पुष्पा र अञ्जली’ लाई चितवन राष्ट्रिय निकुञ्जबाट मंगलबार कोसी टप्पु लगिएको छ ।

मंगलबार बिहान चार वर्षकी पुष्पा र साढे दुई वर्षकी अञ्जली नाम गरेका दुई गैंडा चितवनबाट कोसी टप्पु लगिएको हो । स्थानान्तरण गर्नु अगाडि उनीहरुलाई एक हप्ता अगाडिदेखि खोरमा राखिएको थियो । मंगलबार ट्रकमा राखेर लगिएका वन्यजन्तु प्राविधिक एवम् लालबहादुर महतराले बताए । उनीहरुको निगरानी महतराले गरेका थिए ।

२०७६ सालको माघमा चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत नवलपुरको तमासपुरमा जन्मिएको एक सातामा माउबाट छुट्टिएर हिलोको दलदलमा भासिएको अवस्थामा पुष्पाको उद्धार गरिएको हो । २०७७ को गैंडा गणनाको क्रममा चैत २३ गते चितवन राष्ट्रिय निकुञ्जको नवलपुरको दिव्यपुरी क्षेत्रमा करिब एक साताको उमेरको अञ्जलीको उद्धार गरिएको थियो ।

गैंडाका टुहुरा बच्चालाई राष्ट्रिय प्रकृति संरक्षण कोषमा हुर्काएर गत जेठमा निकुञ्जको लामितालमा छोडिएको थियो । कतिपय संरक्षणकर्मीहरु भने वन्यजन्तु स्थानान्तरण सफल नभएको दाबी गर्दै गैंडा सार्न नहुने पक्षमा थिए । हालसम्मको तथ्यांकअनुसार कोसी टप्पुमा एकसिंगे गैंडा छैनन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics