चितवनका पुष्पा र अञ्जली कोशी टप्पुमा, सेनाले गर्नेछ दैनिक निगरानी

कोसी – चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुई वटा गैँडा पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा पुर्याइएको छ ।

चितवन राष्ट्रिय निकुञ्जबाट काठे खोरमा हालेर पठाइएका ‘पुष्पा’ र ‘अञ्जली’ कोशीटप्पु वन्यजन्तु आरक्ष पुर्याइएको हो । आरक्षको सप्तरी जिल्लास्थित पथरी सेक्टरमा बनाइएको इक्लोजरमा उनीहरू केही समय राख्ने बताइएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त महानिर्देशक हरिभद्र आचार्यका अनुसार कोसीमा प्राविधिक समितिले गरेको अध्ययनमा गैंडाका लागि बासस्थान उपयुक्त देखिएपछि दुई गैंडा त्यहाँ लगिएको हो ।

विभागका तत्कालिन उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा बनेको प्राविधिक समितिले विस्तृत अध्ययनपछि प्रतिवेदन बुझाएको थियो ।

कोशी टप्पु वन्यजन्तु आरक्षमा एक सिंगे गैंडा थिएनन् । कोशीको पथरी सेक्टर कार्यालयको आरक्ष सुरक्षार्थ सेनाको पोष्ट रहेको क्षेत्र नजिक गैँडालाई राखिनेछ ।

केही वर्षअघि आरक्षबाट चितवन राष्ट्रिय निकुञ्जमा १३ वटा अर्ना ल्याइएको थियो । तत्कालिन समयमा स्थानीयले चितवनबाट आरक्षमा गैँडा ल्याउनुपर्ने माग गरेका थिए । सोहीअनुसार विभागले प्राविधिक समिति बनाएर अध्ययन थालेको थियो ।

तस्बिर : सञ्चारकर्मी कृष्ण बहाबको फेसबुकबाट

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics