सिराहाको लाहानमा राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा विस्तार

 

काठमाडौँ -  राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको नयाँ शाखा कार्यालय सञ्चालनमा आएको छ ।आइतबार लहानको सिरहा जिल्ला लहान न.पा. -६ गणेश चोकस्थित नवनिर्मित भवनको मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शिलापत्र अनावरण गरी रिबन काटेर उद्घाटन गरेका हुन् ।



बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले विपन्न वर्गको सशक्तिकरणका लागि बिना धिता कर्जा दिने, वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गरिने बताए । उनले बैंकले प्रदान गर्ने आधुनिक डिजिटल बैंकिङ्ग सेवाका लागि सबै किसिमले उपयुक्त हुने गरी शाखाको आफ्नै भवन निर्माण गरिएको बताए ।



बैंकले हाल ७ प्रदेशमा २८४ शाखा कार्यालय, ६५ एक्सटेन्सन काउन्टर, २६९ एटिएम र ९९ शाखारहित बैंकिङ्ग, क्यूआर कोड सेवा, पिओएस सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड कन्याक्ट आईपिएस, समार्ट क्यूआर टेलर, ईन्टरनेट बैंकिङ, बिना ईन्टरनेट चल्ने यूएसएसडी मोवाईल बैंकिङ्गका सेवाहरु दिँदै आइरहेको छ ।


नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics