अब सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई सेल्सबेरीमा विभिन्न छुट

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी) बीच बैंकका ग्राहक, कर्मचारी तथा शेयरधनीलाई विभिन्न किसिमका सामान खरिद गर्दा छुट प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा मंगलबार हस्ताक्षर भएको छ ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेण्ठ र सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी) को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील मान प्रधानाङ्गले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी)ले बैंकका ग्राहक, कर्मचारी तथा शेयरधनीलाई विभिन्न किसिमका सामान खरिद छुट पाउने छन् ।

ग्रोसरी आइटममा २ प्रतिशत, लिक्वायर मा २ देखि १० प्रतिशतसम्म, फ्रोजन फुड्समा ३ देखि ५ प्रतिशत, डेरी तथा फ्रेस प्रडक्ट्समा २ प्रतिशत, पर्सनल केयरका सामनमा ३ प्रतिशत, घरायसी सामानमा ५ देखि १२ प्रतिशतसम्म र गार्मेन्ट्समा २० देखि २५ प्रतिशतसम्म छुट पाउने बताइएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics