आईएमई पे को दशैं तिहार योजना ,५० हजारको सपिङ्ग देखि १ करोड नगद उपहार सम्म

‘आईएमई पे’ले आईएमई पे डिजिटल दशैं तिहार योजना सार्वजनिक गरेको  छ। आउँदै गरेको  राष्ट्रिय चाड दशैं , तिहार तथा  छठलार्ई लक्षित गर्दै योजना सार्वजनिक गरिएको नेपालको पहिलो डिजिटल वालेट  ‘आईएमई पेले ले जनाएको छ।

यही असोज १४ गतेदेखि शुरू भई मङ्सिर ३ गतेसम्म चल्ने ५० दिनको अभियान अन्तर्गत हरेक दिन ५० जना भाग्य शाली सेवाग्राहीहरूले विभिन्न कारोबारको लागि क्यासब्याकको  प्रोमो कोड प्राप्त  गर्न सक्नेछन् ।

यसका साथै अन्त्यमा ८ जना भाग्य शाली विजेताले रु ५० हजार बराबरको सप्पिङ गिफ्ट ह्यम्पर प्राप्त गर्न सक्नेछन्।

यससँगै आईएमई पे मार्फत रेमिटेन्स प्राप्त गर्दा हरेक महिना १ जनाले १ लाख रुपैयाँ प्राप्त गर्ने र बम्परमा १ करोड प्राप्त गर्ने डबल मौका रहको आईएमई पेका सीईओ प्रवीन रेग्मीले बताएका छन्।

यस अफर सम्बन्धी विस्तृत जानकारी तथा नियम र सर्तहरु आईएमई पेको आधिकारिक वेभ पेजमा उपलब्ध हुनेछ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics