१२ वर्ष अनुसन्धान, नयाँ ३ जातका फूलको विकास

काठमाडौं– नेपालमा नै १२ वर्षको अनुसन्धानपछि कृषि अनुसन्धान परिषद् (नार्क) ले नयाँ जातको फूल विकास गरेको दाबी गरेको छ ।

राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख कालिकाप्रसाद उपाध्यायका अनुसार नार्कअन्तर्गतको कृषि अनुसन्धान निर्देशनालयको प्रस्तावमा ग्लाडियोलस (तरबारे) फूलका तीनवटा जातको विकास गरेको हो । तीन जातामा लुम्ले ग्लाडियोलस–१, लुम्ले ग्लाडियोलस–२ र लुम्ले ग्लाडियोलस–३ छन् ।

प्रमुख उपाध्यायले अनुसन्धानपछि तीन फूलको नाम गत वैशाख १८ गते राजपत्रमा प्रकाशित भएको जानकारी दिए । भने, ‘हामीले नयाँ जातको विकास गरी त्यसलाई सरकारी मान्यता पनि दिइएको छ । अनि, यसको व्यावसायिक उत्पादनका लागि पठाइएको छ ।’

उक्त जातहरू विकास गर्नमा निर्देशनालयका निवर्तमान निर्देशक एवं मुख्य वैज्ञानिक तुलबहादर पुुनले करिब १० वर्ष लगाएको बताइएको छ । अनुसन्धान सकेर दुई वर्ष केही थप अनुसन्धान गरी त्यसलाई पूर्णता दिएको प्रमुख उपाध्याय बताउँछन् । उपाध्यायले सन् २०१० तिर विभिन्न स्रोतबाट तरबारे फूलका जातहरू संकलन गरी तिनको अनुसन्धान सुरु गरेका थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics