बझाङमा लगातार पाँच पटक भूकम्पको धक्का, घरहरु भत्किए, स्थानीय खुल्ला चौर र सडकमा

बझाङ - बझाङमा लगातार पाँच पटक भूकम्पको धक्का महशुस भएको छ । स्थानीय खुल्ला चौर र सडकमा बसिरहेका छन् । सामाजिक सञ्जालमा क्षति भइरहेका खबर आइरहेका छन्। क्षतिको यकिन विवरण आउन बाँकी छ।

मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा बझाङको चैनपुर केन्द्रविन्दुआसपास बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा महसुस गरिएको छ । बझाङ जिल्लाभरि विभिन्न ठाउँमा घरहरू चर्किएको जानकारी आए पनि क्षतिको यकिन विवरण भने आउन बाँकी छ ।

यसअघि मंगलबार दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङकै तलकोट केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो । पटक-पटक परकम्प गइरहेको हुनाले अहिले स्थानीय बासिन्दा घरबाहिर खुला चौरमा बसिरहेका छन् ।

भूकम्पको धक्का छिमेकी प्रदेश र भारतको दिल्लीसम्म पनि महसुस भएको जनाइएको छ । बीबीसी हिन्दीका अनुसार दिल्ली एनसीआर क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics