कान्तिलोकपथ अवरुद्ध, पहिरो हटाइँदै

मकवानपुर– गए राति परेको वर्षासँगै आएको पहिरोका कारण हेटौँडाबाट काठमाडौँ जोड्ने दुईवटा सडकखण्ड आज बिहानैबाट अवरुद्ध भएका छन् ।

पहिरोका कारण हेटौँडाबाट काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकखण्डअन्तर्गत ललितपुर जिल्लाको भट्टेडाँडामा पहिरो जाँदा आज बिहानैदेखि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीको भनाइ छ ।

यसैगरी पहिरोका कारण कुलेखानी–सिस्नेरी सडकखण्ड अन्तर्गत विभिन्न स्थानमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ । दुवै सडकखण्डमा गएको पहिरो आज दिउँसो सम्ममा हटाई यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics