ताप्लेजुङमा चौंरी तर्दै गरेको पुल भाँचियो, दर्जनौँ घाइते

ताप्लेजुङ – ताप्लेजुङमा चौंरी तर्दै गरेको पुल भाँचिदा दर्जनौँ चौंरी घाइते भएका छन् । फक्ताङ्लुङ गाउँपालिका –६ लेलेपस्थित घुन्सा खोलको पुल भाँचिदा चरनबाट फर्किएका घाइते भएका हुन् ।

खोलामा फलामे झोलुङ्गे पुल रहेको र सो पुल भाँचिएर चौरी घुन्सा खोलामा खस्दा आधा दर्जनभन्दा बढी चौंरीहरू गम्भीर घाइते भएको स्थानीय चौंरीपालक तेन्जिङ शेर्पाले जानकारी दिए ।

शेर्पाका अनुसार सो पुल घुन्सा बस्तीनजिक रहेको छ । खम्बाचेन र लोनाकलगायत पशु चौपाया चरन क्षेत्र (खर्क) बाट फर्किएका चौंरीहरू पुल तर्नलाई एकै पटक धेरै सङ्ख्यामा पसेका कारण पुल भाँचिएको बताइएको छ । चौंरीका खुट्टा लगायत शरीरमा चोट लागेको छ ।

घाइते भएका चौंरीको तत्कालका लागि घरेलु उपचार गर्नुको विकल्प नरहेको शेर्पाले बताए । यहाँ एउटा चौरीको मुल्य कम्तिमा पनि ७० हजार पर्छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics