बझाङमा निरन्तर भूकम्प र पराकम्प, आज पनि ५.३ म्याग्निच्युडले हल्लायो

बझाङ - बझाङ केन्द्रविन्दु भएर आज पनि भूकम्प गएको छ। बझाङको भातेखोला केन्द्रबिन्दु भएर शनिबार बिहान ११: ४५ मा भूकम्प गएको हो।

५.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

बझाङको चैनपुर केन्द्रविन्दु भएर हिजो राती २ पटक भूकम्पको धक्का महसुस गरिएको थियो।

मंगलबार अपराह्न २ बजेर ४३ मिनेटमा बझाङ केन्द्रबिन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पबाट बझाङमा एक जनाको मृत्यु भएको छ।

भूकम्प मापन केन्द्रका अनुसार मंगलबार १२ पटकसम्म भूकम्पको धक्का महसुस भएको थियो। केन्द्रका अनुसार मंगलबार राति १२ : १६ बजेमा ४.१ रेक्टर स्केलको, १२ : ५० मा ४.३ रेक्टर स्केलको, बिहान ४:२७ बजे ४.३ रेक्टर स्केलको र ५ :४३ मा बजे ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो।

यसैगरी मंगलबार दिउँसो पनि बझाङ केन्द्रविन्दु बनाएर ५.३, ६.३,५.१,४.१, ४.१, ४.३,५,५ रेक्टर स्केलका ८ पटक गएको केन्द्रले जनाएको छ।

मंगलबार अपराह्न गएको भूकम्पपछि उक्त क्षेत्रमा बारम्बार पराकम्पहरु पनि गइरहेका छन्।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics