सन् २०२३ अहिलेसम्मकै उच्च तापक्रम रहेको वर्ष

काठमाडौं - २०२३ मा अहिलेसम्मकै सबैभन्दा लामो समयसम्म पृथ्वीको तापक्रम उच्च रहेको पाइएको छ ।

युरोपियन युनियनको कोपरनिकस क्लाइमेट चेन्ज सर्भिसका अनुसार अक्टोबर २ सम्मको तथ्यांकका हेर्दा २०२३ मा कुल ८६ दिन १.५ डिग्रीभन्दा बढीले तापक्रम उच्च रहेको छ । सन् २०१६ मा वर्षभरी नै ७५ दिन यस्तो भएको बीबीसीले जनाएको छ ।

सन् २०२३ अहिलेसम्मकै सबैभन्दा गर्मी वर्ष हुने र २०२४ मा पनि तापक्रम वृद्धिले रेकर्ड तोड्ने जलवायु विज्ञहरुको आँकलन छ । ग्लोबल वार्मिङ र जलवायु परिवर्तनका कारण यस वर्ष पनि विश्वभरि नै बाढी, पहिरो, खडेरी, आगलागी, अतिवृष्टी र अनावृष्टिका घटना बढेका छन् ।

२०१५ मा पेरिसमा भएको सम्मेलनमा चालु शताब्दीमा विश्वको कुल तापक्रम वृद्धिलाई १.५ डिग्रीभन्दा कममा राख्न पहल गर्ने सहमति भएको थियो । तर ईन्धन खपतको प्रवृत्तिमा परिवर्तन आउन नसक्दा कार्बन उत्सर्जन कम हुन सकेको छैन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics