२४ घन्टादेखि थुनिएको किम्रोङखोला विस्तारै खुल्यो, नदीमा बहाव बढ्दै
- नेचर खबर

काठमाडौं – कास्कीको अन्नपूर्ण गाउँपालिकाको किम्रोङ खोलाको पानी बग्न थालेको छ । करिब २४ घन्टादेखि थुनिएको खोलाको पानीले गर्दा मोदी खोलाको बहाव बढेको स्थानीयले बताएका छन् ।
खहरे खोला किम्रोङ शनिबार पहिरोले थुनिएको थियो । अन्नपूर्ण गाउँपालिका ११ का वडाध्यक्ष हिमबहादुर गुरुङले थुनिएको खोलाको छेउबाट आफैं विस्तारै पानी बग्न थालेकाले तत्काललाई ठूलो क्षति हुनबाट जोगिएको जानकारी दिए ।
लामो समय रोकिएको खोलामा पानी बग्न थालेपछि किम्रोङ मिसएको मोदी खोलामा बहाव बढेको वडाध्यक्ष गुरुङले बताए ।
प्रतिक्रिया दिनुहोस