झापामा हात्ती नियन्त्रणका लागि विद्युतीय तारबारको सर्भे तिहार अघि नै

काठमाडौं – झापामा हात्ती नियन्त्रणका लागि सोलार विद्युतीय तारबार लगाउने क्षेत्रको तिहार अगाडि नै सर्भे हुने भएको छ ।

बितामोड नगरपालिका – ६ बुट्टाबारीको देउनिया खोला पुलदेखि दक्षिण वडा न ७ हुँदै ८ को देउनिया खोला पुल दक्षिण किसनभिट्टा सम्मको करिव १३ किलोमिटर क्षेत्र मध्येमा काम गर्न आर्थिक वर्ष २०८०÷०८१ का लागि बजेट बिनियोजन भएकाले पहिलो चरणमा सर्भे सक्ने र सर्भेको रिपोर्ट प्राप्त भएपछि बोलपत्र आह्वान गरिने बताइएको छ ।

विनियोजित बजेटबाट सो क्षेत्रमा सोलार विद्युतीय तारबारको लागि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको पहल र नियमित चासोमा वन तथा वातावरण मन्त्रालयबाट कार्यक्रम स्विकृत भएकोले सो अनुसार ती स्थानहरूको सर्भे गर्न र डिजाइन तथा लागत अनुमान तयार गर्न परामर्शदाता इन्जिनियरहरूको छनौट समेत भइसकेको राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics