पूर्वाधार विकास परियोजना ‘सुरक्षित र प्रकोपमैत्री बनाउन आवश्यक’

काठमाडौं - उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ठूलो लगानी रहेका पूर्वाधार विकास परियोजना सुरक्षित र प्रकोपमैत्री बनाउन आवश्यक रहेको बताएका छन् ।

“पहिरो र बाढीजस्ता प्रत्यक्ष रूपमा भौगर्भिक बनावट तथा संरचनासँग सम्बन्धित प्रकोपहरूको सामना गर्नका लागि भूगर्भ र यो सम्बन्धित प्रकोपहरूकै बारेमा विज्ञता हासिल गरेका तपाईंहरूको देशका लागि ठूलो आवश्यकता छ । गत साताकै बाजुरा भूकम्प, २०७२ सालको गोरखा भूकम्प, मेलम्ची विपद्, जुरे पहिरोलगायत पश्चिमी बाढीपहिरोबाट हुने गरेका क्षतिले विपद् व्यवस्थापनको क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको कुरालाई प्रस्ट पारिरहेको छ,” उनले भने, “साथै, ठूलो लगानी रहेका पूर्वाधार विकास र परियोजनाहरूमा सुरक्षित र प्रकोपमैत्री बनाउनु पनि उत्तिकै जरुरी भइसकेको छ । नेपाल सरकार यो तथ्यलाई मनन गर्दै आवश्यक स्थानमा तपाईंहरूको प्रतिनिधित्व गराउन, तपाईंहरूको ज्ञान र सान्दर्भिक कुराको कार्यान्वयन गर्न र आवश्यक नीति बनाउन सदैव तत्पर रहनेछ ।”

गृहमन्त्री श्रेष्ठले विपद् व्यवस्थापन र न्यूनीकरणका निम्ति आवश्यक नीति बनाउन सरकार तयार रहेको बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics