बझाङ केन्द्रबिन्दु भएर ४.६ म्याग्नेच्युडको भूकम्प

बाजुरा– सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

गए राति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस गरिएको थियो । लगातार भूकम्प जान थालेपछि यस क्षेत्रका बासिन्दा त्रसित बनेका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics