सिक्किमको बाढीले अबौं डलरको क्षति, हिमताल विस्फोटको कारण खोजिँदै

काठमाडौं – भारतको सिक्किममा केही समय अघि हिमताल विस्फोटसँगै आएको बाढीले अबौं अमेरिकी डलर बराबरको क्षति भएको एक प्रतिवेदन सार्वजनिक भएको छ ।

इन्स्योरेस दलाल फर्म एओएनले १३ अक्टुबरमा प्रकाशन गरेको साप्ताहिक महाविपत्ती प्रतिवेदनमा उक्त तथ्यं राखिएको छ ।

टिस्टा नदीको बाढीको पानीले उल्लेखनीय पूर्वाधारमा क्षति पुर्याएको छ । १ हजार ८ सयभन्दा बढी भवन र धेरै बाँधहरू ध्वस्त बनाएको छ । करिब १०० जनाले ज्यान गुमाएका छन् ।

हिमताल विष्फोटको कारणबारे भने अझै केही सार्वजनिक गरिएको छैन । एशियाइन्सुरेन्सरिभ्युका अनुसार केही विज्ञले बाढी आउनु अघिको भारी वर्षाका कारण हिमताल विष्फोट भएको दाबी गरेका छन् । प्रभावित राज्यहरूमा ३ र ४ अक्टुबरको दिनमा १३० मिलिमिटरसम्म भारी वर्षा भएको थियो ।


यसैबीच हिमताल विष्फोटको पूर्व चेतावनी दिनसक्ने सूचना प्रणाली नभएको भन्दै व्यापक आलोचना भएको छ । जलवायू परिवर्तनले विश्वव्यापीरुपमा हिमनदी पग्लनलाई निरन्तरता दिइरहेको छ । यसका कारण भविष्यमा अझै हिमनदी विष्फोटका घटनाहरु बढ्ने चेतावनी दिइएको छ ।

नेपाल पनि विश्वव्यापी जलवायू परिवर्तनको असर द्रूतगतीमा बढीरहेकाले यहाँ पनि हिमताल विष्फोटको जोखिम उच्च रहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics