दसैंमा यस कारण पनि घुम्नुहोस् पूर्वी नेपाल

काठमाडौं – दसैंको बिदामा कता घुम्ने भन्ने सोचमा हुनुहुन्छ भने यस पटक छान्नुहोस् पूर्वका पहाडी जिल्ला र मनोरम पर्यटकीय स्थानलाई । यसका लागि तपाइले छान्न सक्नुहुन्छ, धरान–धनकुटा र इलाम–ताप्लेजुङलाई ।

यो दुई रुट हुन् । झापा पुगेर इलाम हुँदै ताप्लेजुङ जान सक्नुहुन्छ भने, सुनसरीको इटहरी–धरान हुँदै भेँडेटार–धनकुटा । भेँडेटार हुँदै तपाई ताप्लेजुङ पनि पुग्न सक्नुहुन्छ । तर, यो बाटो जाँदा तपाईँले इलामलाई छुटाउनुपर्ने हुन्छ ।

ताप्लेजुङमा कहाँसम्म पुग्ने, त्यो तपाईसँग उपलब्ध समयमा भर पर्छ । ओलाङचुङगोलादेखि पाथिभरा जहाँ पुगे पनि यो यात्राले तपाइँलाई निकै रोमान्चकता दिनेछ ।

धरान–धनकुटामा किराँत–राई समुदायको घरमा दशैंको टीकासम्म बिताउनुहोस् । उनीहरू सेतो अक्षताको टीका लगाएर दशैं मनाउँछन् । केही फरक अनुभव तपाईले पाउनु हुनेछ । त्यसपछि इलाम हुँदै ताप्लेजुङसम्म जान सक्नुहुन्छ । त्यो क्षेत्रमा पनि यो संस्कृति पाउन सक्नुहुन्छ ।

यो रुट फोटोग्राफीका लागि पनि उत्तिकै आकर्षक छ । अब ढकमक्क फूल्ने सयपत्रीले बारीका डिल ढाक्न थालिसकेका छन् ।

पृष्ठभूमिमा कञ्चनजंघा र कूम्भकर्ण हिमाल देखिनेछ । धार्मिक दृष्टिकोणबाट पाथिभरा माताको दर्शन पनि निकै फलदायी हुनेछ । पूर्वी नेपालको चीनसँग जोडिएको ओलाङचुङगोलासम्मको यात्रा त अविश्मरणीय नै बन्नेछ । जाने हैन त यसपटक पूर्व ?

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics