दशैं बिदामा घुम्नलायक पोखरा

काठमाडौं - दशैं बिदामा घुम्नलायक स्थानमा पोखरा पहिलो नम्बरमै पर्छ । यो सबैखाले पर्यटकका लागि सहज र आकर्षक गन्तब्य हो । यसलाई एउटा घुमघामको पूर्ण प्याकेज मान्न सकिन्छ ।

पोखरामा तपाई आफ्नो बजेटअनुसार पाँच तारे होटल वा सस्तो लजमा बसेर घुमघाम गर्न सक्नुहुन्छ । सफा र शान्त वातावरण पोखराको विशेषता हो ।

यति ठूलो शहरबाट आँखै अगाडी टलक्क टल्केका हिमाल देखिने सायद अरु गन्तब्य छैन । एक दिनका छोटा हाइकिङ रुटले यो गन्तब्यलाई अझ बढी आकर्षक बनाएका छन् ।

तपाई सारङकोट जानुस या धम्पुस, घान्द्रुक, शान्ति-स्तुपा, जहाँ पुगे पनि एक दिनमा पुनः होटेलमै फर्कन सकिन्छ । पोखरामा पर्यटनका अनेक आयामको विकास भएको छ ।

त्यहाँ पुगेर केवल खाने र बस्ने मात्र होइन, तपाईले प्याराग्लाइडिङ, जीपलाइन, अल्ट्राफ्लाइट, बोटिङ, साइक्लिङ, हाइकिङ अनेक रोमान्चक गतिविधिमा भाग लिन सक्नुहुन्छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics