दक्षिण मेक्सिकोमा ओटिस आँधी, मृत्यु हुनेको संख्या ४८ पुग्यो

काठमाडौं - दक्षिण मेक्सिकोमा ओटिस आँधीका कारण मृत्यु हुनेको संख्या कम्तीमा ४८ पुगेको छ । मेक्सिकोको दक्षिणी प्रशान्त महासागरको तटको अकापुल्को र आसपासमा आएको ओटिस आँधीका कारण मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने सरकारी अधिकारीले बताएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरूले जनाएअनुसार ३६ जनाभन्दा बढी बेपत्ता भएका छन् । करिव ८० प्रतिशत होटल पूर्वाधारमा क्षति पुगेको र अत्यावश्यक सेवाहरू बन्द भएको अनुमान गरिएको छ । करिव ५५ प्रतिशत क्षेत्रमा विद्युत आपूर्तिमा क्षति पुगेको बताइएको छ ।

मेक्सिकन राष्ट्रपति एन्ड्रेस म्यानुअल लोपेज ओब्राडोरले क्षतिग्रस्त अकापुल्कोमा सहयोगका लागि आफूहरुले प्रयास जारी राखेको बताएका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics