मृतकको संख्या १२८ पुग्यो, १५६ घाइते

जाजरकोट भूकम्प

काठमाडौं - जाजरकोटमा गएराति गएको भूकम्पमा परी १२८ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जाजरकोटमा ९२ र र रुकुम (पश्चिम)मा ३६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको संख्या बढ्ने क्रममा रहेको छ ।

जाजरकोटमा ७० र रुकुम (पश्चिम)मा ८५ गरी १५५ जना घाइते भएका छन् । रोल्पामा थप एकजना घाइते भएका छन् । बारेकोट गाउँपालिका १, रामीडाँडा केन्द्र विन्दु बनाई ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics